नेपाल–भारत जोड्ने दार्चुला र धार्चुलाको बिचमा रहेको महाकाली नदीको झोलुङ्गे पुलमा मङ्सिर १३ गते देखिएको भीड हो यो ।
एक घण्टाका लागि खोलिएको पुलमा धार्चुलाबाट समान ल्याउन गएका नेपालीले स्वास्थ्य मापदण्डको पालना गरेको पाइँदैन ।
यो भिडका कारण दार्चुलामा कोभिडको जोखिम बढाएको छ भने पुल निश्चित समयमा खुलाउने र बन्द गर्ने समय निर्धारण नहुँदा धार्चुलामा गएका नेपालीले सास्ती भोग्नुपरेको छ ।
सरकारले यो पुल खोल्ने अनुमति नदिए पनि दार्चुला र धार्चुलाका अधिकारीबीच भएको सहमति अनुसार पुल खुला गरिएको हो ।








