पछिल्लो समय जिल्ला अस्पताल लमजुङमा बिरामकी चाप अध्यधिक बढेको छ । दैनिक ४ सय जनाको हाराहारीमा उपचारका लागि बिरामी आएको अस्तपाल प्रमुख हेमन्त श्रेष्ठले इन्सेक प्रतिनिधिलाई जानकारी दिनु भयो ।
उपचारका लागि अस्पताल आउने बिरामीहरूमा विशेष गरी भाइरल ज्वरो, रुघाखोकी, झाडापखाला, पेट दुख्ने लगायत समस्या भएकाहरू रहेको श्रेष्ठले बताउनु भयो ।
अस्पतालमा भर्ना भएर बस्ने बिरामीहरुको पनि सङ्ख्या अधिक रहेको छ । भर्ना भएका बिरामीहरुमा बालबालिका र ज्येष्ठ नागरिक धेरै रहेका छन् ।
नयाँ बिरामी भर्ना हुन आएको खण्डमा अस्तपालको प्यासेजमा बेड राखेर भएपनि उपचार सेवा दिने पनि अस्पतालले जनाएको छ ।




