इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको सहजिकरणमा लोपोन्मुख राउटे समुदायलाई स्वास्थ्य परामर्श तथा प्राथमिक उपचार गरिएको छ ।
राउटे समुदाय हाल बसोबास गर्दै आएको गुर्भाकोट नगरपालिका–९ स्थित सिमघाटमा पुगेर इन्सेकले जेठ २८ गते खाजा सामग्री तथा औषधि प्रदान गरेको हो ।
राउटे समुदायमा रहेका स्वास्थ्य समस्या पत्ता लगाउने र प्राथमिक स्वास्थ्य सेवा दिने उद्देश्यले कटन ३२ रोल, ब्याण्डेज २४ रोल, बेटाडिन २ बोत्तल, मुभ मलम १० ओटा, आई ड्रप २० ओटा र १ सय ५० ओटा हेण्ड प्लास प्रदान गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले बताउनु भयो ।
इन्सेककी साधारण सदस्य सत्यदेवी खड्काद्वारा ७० वर्षीय मनवीरे शाही, ७८ वर्षीय कर्णबहादुर शाही र ४२ वर्षीय रतनबहादुर शाही सहित २५ जनाभन्दा बढी राउटे समुदायका महिला तथा बालबालिकाहरूको घाउको सरसफाई, मलमपट्टी तथा आँखा कानको सामान्य उपचार गरिएको पनि संयोजक सुवेदीले जानकारी दिनु भयो ।




