INSEC Online

📅 २०८३ जेष्ठ २१

अनुत्तरित प्रश्न

एक छोरा र एक छोरीकी आमा तीर्था विवाह भएको ८- १० वर्षै पतिको निधन भएपछि बेसहारा त भएकी थिइन् नै । सशस्त्र प्रहरीले उनको बास नै उठाइदिएपछि उनको बिल्लिबाठ पनि भयो ।

सलालमटीया गाविस-३ भालुबाङकी ४० वर्षीया तीर्था ज्ञवाली राज्यपक्षले विस्थापित बनाएपछि घर न घाटकी मात्र भइनन् । अहिले मानसिक सन्तुलन नै गमाउन पुगेकी छिन् । सम्पतिको नाममा केही जग्गा र एउटा सानो भएको घर पनि सशस्त्र प्रहरी तालीम केन्द्र, भालवाङले ०५९ बैशाख २१ गते डोजर लगाएर भत्काइदिएपछि उनी विक्षिप्त भइन् । आमा हुँदाहुँदै पनि उनका छोराछोरी अनाथसरह भएका छन् ।

मजदुरी गरेर खाने तिर्थाको दुबै सन्तान अहिले आमाको काख छाडेर बुटबलमा आफन्त कहाँ बसेको छिमेकीले बताएका छन् । ०५९ वैशाख २१ गते सुरक्षाको नाममा ६० घर परिवारका १ सय ४५ महिला, १ सय ६९ पुरुष गरी ३ सय ४ जनालाई सो समयमा त्यहाँबाट हटाइएको थियो । त्यसै समयदेखि साना छोराछोरी काखिमा च्यापेर तीर्थाले जीवनलाई एउटा गोरेटोमा डोर्žउन हरसम्भव प्रयास नगरेको पनि होइन । तर कतै र कसैबाट सहयोग नपाएपछि जीवन साथीका दुई चिन्हको उचित स्याहार सम्भार गर्न नसकेर उनी विक्षिप्त बन्न पुगेकी हुन् । उहिले उनी कहिले घोराही, कहिले लमही त कहिले भारतको बढनीसम्म भौँतारिरहन्छिन् ।

उपचार पाएमा स्वस्थ हन सक्ने भए पनि यसबारे कसैलाई मतलब छैन । उनका छोराछोरी पढ्छन् कि पढदैनन् कसैको सरोकारको विषय बनेको छैन । कुनै पनि सङ्घ संस्थाहरूले समेत उनलाई सहयोग नगरेको छिमेकीहरू बताउँछन् ।

नौ नौ महिना आफ्नो शरीरभित्र रहेर जीवन पाएका छोरा छोरीलाई देखे भने चिन्न सक्छिन् कि सक्दिनन् त्यो पनि भन्न गाह्रो छ । उनका छोरा छोरीले आफ्नी आमा कुनै दिन भेट्न सक्लान् –

यो प्रश्नको उत्तर द्वन्द्वरत पक्षले दिन सक्लान्-

बिमलकुमार अधिकारी

दाङ । कात्तिक २४ गते

अन्य

भिडियो