सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले तिलोत्तमा नगरपालिका–२ का ४७ वर्षीय पुरुसोत्तम भट्टराईलाई ६ महिना कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश अशोक कुमार बस्नेतको कात्तिक १७ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै ६ महिना कैद, १० हजार रुपियाँ जरिबाना र ५० हजार रुपियाँ क्षतिपूर्ति बापत पीडितलाई भराइदिने फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिनुभयो ।
आरोपितले पीडितलाई ०८१ वैैशाख १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख १५ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण वैशाख १५ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको थियो । प्रहरीले आरोपितलाई वैशाख १५ गते घरबाटै गिरफ्तार गरेको थियो ।