INSEC Online

📅 २०८३ जेष्ठ २१

अदालत र कारागारमा आगजनी घटनाका आरोपित गिरफ्तार

आन्दोलनका क्रममा ०८२ भदौ २४ गते जिल्ला अदालत, कैलालीमा आगजनी गरेको आरोपितमा प्रहरीले धनगढी उपमहानगरपालिका–७ का एलेक्स चन्द, सोही ठाउँका लक्ष्मणबहादरु विष्ट र धनगढी उपमहानगरपालिक–१ का मनोज विष्ट र कैलाली जिल्ला कारागारमा आगजनी गरेको आरोपमा धनगढी उपमहानगरपालिक–२ का २८ वर्षीय गोपाल भट्ट, सोही उपमहानगरपालिका–३ का जेम्स भनिने सुरज कटुवाल, सोही उपमहानगरपालिक–९ का ४० वर्षीय बसन्तराज जोशी र १९ वर्षीय अंकित सक्सेनालाई ०८२ मङ्सिर २४ गते गिरफ्तार गरेको छ ।

भदौ २४ गते धनगढी उपमहानगरपालिका–१ स्थित जिल्ला अदालतको भवनमा आगजनी, लुटपाट र तोडफोड गरेको र कैलाली जिल्ला कारागारमा तोडफोड गरी ६ सय ६७ जना कैदीबन्दी भगाएको आरोपमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीका इन्स्पेक्टर कैलाश विष्टले बताउनु भयो ।

जिल्ला अदालत र कारागार प्रशासनले घटनाको अनुसन्धान गरी दोषीलाई कारबाहीको माग राखि जिल्ला प्रहरी कार्यालय, कैलालीमा दिएको उजुरीका आधारमा आरोपितहरुलाई गिरफ्तार गरी १० दिनको म्याद थप गर्दै अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विष्टले बताउनु भयो ।

 

मैनामोती चौधरी

अन्य

भिडियो