राष्ट्रहित, भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्दविरूद्ध जेनजी पुस्ताले ०८२ भदौ २३ र २४ गते गरेको प्रर्दशनका क्रममा इलाममा सरकारी कार्यालयसहित अरू भौतिक संरचनामा आगजनी र तोडफोड गरेको आरोपमा प्रहरीले १५ जनालाई गिरफ्तार गरेको छ ।
इलाम नगरपालिका–७ मा रहेका जिल्ला प्रशासन कार्यालय इलाम नगरपालिका–७, अस्थायी नगर प्रहरी पोष्ट इलाम इलाम नगरपालिका–७, अस्थायी प्रहरी चौकी बिव्ल्याटे इलाम नगरपालिका–७, इलाम नगरपालिका–७ स्थित नेपाली सेनाको अतिथि, एमाले पार्टी कार्यालय, इलाम नगरपालिका–७, एमाले पार्टी कार्यालय, इलाम नगरपालिका–७, राष्ट्रिय प्रजातन्त्र पार्टी कार्यालय इलाम नगरपालिका–७, रेडियो नेपालवाणी इलाम नगरपालिका–७, मुनाल मेनपावर इलाम नगरपालिका–७ र सूर्यरत्न बचत तथा ऋण सहकारी संस्था इलाम नगरपालिका–७, इलाम नगरपालिकाको कार्यालय इलाम नगरपालिका–२ र तीन ओटा मोटरसाइकल, नेपाली कांग्रेस पार्टी कार्यालय इलाम नगरपालिका–२, इलाम नगरपालिका–६ मा रहेका जिल्ला निर्वाचन कार्यालय, इलाम नगरपालिकाका र नगरपालिकाका दुई ओटा चार पाङ्ग्रे र एक ओटा मोटरसाइकल, सव डिभिजन वन कार्यालय, माई नगरपालिका–२ भित्र राखिएको मेयरको गाडीमा तोडफोड र आगजनी, रोङ गाउँपालिका–२ को वडा कार्यालयमा तोडफोड र एउटा मोटरसाइकलमा आगजनीमा आगजनी, माइ नगरपालिका–१, माइ नगरपालिका–२, माइ नगरपालिका–३, माइ नगरपालिका–४, माइ नगरपालिका–५ माइ नगरपालिका–,६, माइ नगरपालिका–७, माइ नगरपालिका–८, माइ नगरपालिका– ९ र माइ नगरपालिका–१० नम्वर वडा कार्यालयमा तोडफोड र कागजपत्रमा आगजनी, माइ नगरपालिका–४ मा रहेको सुखानी अध्ययन केन्द्र र माओवादी पार्टी कार्यालयमा आगजनीका साथै तोडफोड गरेको आरोपमा प्रहरीले १५ जनालाई गिरफ्तार गरेको हो ।
प्रहरीले तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा ०८२ मङ्सिर २० गते इलाम नगरपालिका–१ का ३० वर्षीय सागर सङ्ग्रौला, इलाम नगरपालिका–७ का ५२ वर्षीय कमलकुमार साह हलुवाई, इलाम नगरपालिका–६ का २९ वर्षीय विशाल नौभाङ, इलाम नगरपालिका–७ का ४० वर्षीय पवित्तर मल्लिक, इलाम नगरपालिका–४ का ३६ वर्षीय यादव तिवारी, इलाम नगरपालिका–६ का ३० वर्षीय अर्जुन त्रिखत्री, मिक्वाखोला गाउँपालिका–२ ताप्लेजुङका ३२ वर्षीय तेजकुमार विक, इलाम नगरपालिका–५ का २३ वर्षीय मन भनिने मोहनकुमार लिम्बू, झापा स्थायी घर भइ इलाम नगरपालिका–५ का बस्दै आएका ४३ वर्षीय सुरज भनिने सुरज गुरुङ, इलाम नगरपालिका–९ का ४६ वर्षीय टिकाराम चौहान र इलाम नगरपालिका–९ का ३६ वर्षीय सविन राई छन् । मङ्सिर २१ गते इलाम नगरपालिका–९ का ३९ वर्षीय होमबहादुर खवास, फाकफोकथुम गाउँपालिका–३ का २३ वर्षीय आर्दश राई, सन्दकपुर गाउँपालिका–२ का २५ वर्षीया अञ्जु राई र इलाम नगरपालिका–१२ का २८ वर्षीय अनिष राईलाई गिरफ्तार गर्यो । आरोपितविरूद्ध प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा मङ्सिर २३ गते आपराधिक उपद्रव शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको छ ।