INSEC Online

📅 २०८३ जेष्ठ २१

सर्वोच्च अदालत तोडफोड र आगजनी घटनाका आरोपित गिरफ्तार

जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते सर्वोच्च अदालत तोडफोड र आगजनी गरेको आरोपमा प्रहरीले ०८२ मङ्सिर ७ गते दुई जनालाई गिरफ्तार गरेको छ ।

झापाको भद्रपुर नगरपालिका–१ का २८ वर्षीय ज्योति थापा घताने र ललितपुरको महालक्ष्मी नगरपालिका–५ टिकाथलीका ३० वर्षीय ब्राउन भन्ने सुशील श्रेष्ठ लाई गिरफ्तार गरिएको जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी एवम् सूचना अधिकारी चक्रराज जोशीले बताउनु भयो ।

आरोपितहरुले जेनजी आन्दोलनको क्रममा अदालत तोडफोड तथा आगजनी गरेको प्रहरीले बताएको छ । सार्वजनिक भिडियो, फोटोको आधारमा उनीहरुलाई टिकाथलीबाट गिरफ्तार गरी जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको एसपी जोशीले बताउनु भयो ।

दीपकप्रसाद घिमिरे

अन्य

भिडियो