INSEC Online

📅 २०८३ जेष्ठ २१

चुलाचुली गाउँपालिका कार्यालयमा बम विष्फोट, १२ लाख बराबरको क्षति

चुलाचुली गाउँपालिकाको कार्यालयमा वैशाख १ गते राति अज्ञात समूहले बम विष्फोट गराएको छ । विष्फोटबाट कार्यालयको पक्की सभाहलमा क्षति पुगेको छ । १ गते बेलुका ८ बजेतिर आएका चार जनाको समूहले प्रेसरकुकर बम राखेको अनुसन्धानबाट देखिएको डिएसपी रमेश बस्नेतले बताए ।

बमले बनाउँदै गरेको सभाहलको छतमा एक फिटको प्वाल पारेको र आठवटा झ्यालका सिसा फुटेको प्रहरीले जनाएको छ । बम विष्फोटबाट करिब १२ लाख रुपियाँको क्षति भएको डिएसपी बस्नेतले जानकारी दिए ।

अन्य

भिडियो