INSEC Online

📅 २०८३ जेष्ठ २१

कालिका कन्सट्रक्सनमा बम विष्फोट

कालिका कन्सट्रक्सनको केन्द्रीय कार्यालय भरतपुर महानगरपालिका-२ क्षेत्रपुरमा चैत २७ गते राति ९ बजेको समयमा अज्ञात समूहले बम विष्फोट गराएको छ । कार्यालयको कम्पाउण्डभित्र भएको सो विष्फोटबाट झ्यालका सिसा फुटेका छन् ।

कन्सट्रक्सनमा कसले विष्फोट गराएको हो भन्ने एकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । एक साताअघि मात्रै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कालिका कन्सट्रक्सनको जेसिबिमा आगजनी गरेको थियो ।

अन्य

भिडियो