शिशु जन्माएर फ्याँकेको आरोपमा प्रहरीले फाकफोकथुम गाउँपालिका-७ की २३ वर्षीय मिना देवान र सोही ठाउँका २९ वर्षीय कृष्ण योङहाङलाई चैत २५ गते गिरफ्तार गरेको छ ।
चैत २२ गते बेलुका ९ बजेतिर बच्चा रोएको आवाज आएपछि खोजी गर्दा स्थानीयले बारीमा नवजात शिशु (छोरी) फेला पारेका थिए ।
भर्खरै जन्मिएको अवस्थामा भेटिएको शिशुलाई स्थानीयले स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारका लागि लगेका थिए । चैत २३ गते थप उपचारका क्रममा जिल्ला अस्पतालमा नवजात शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रमेश बस्नेतले जानकारी दिए ।