INSEC Online

📅 २०८३ जेष्ठ २१

अदालत परिसरबाटै गिरफ्तार गरिएका नेकपाका कार्यकर्ता झापामाः आयोग

सुनसरीको जिल्ला अदालत परिसरबाट गिरफ्तार गरिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पाँच जना कार्यकर्ताहरू झापामा रहेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।

आयोगको क्षेत्रीय कार्यालय विराटनगरका मानव अधिकार अधिकृत सन्तोष आचार्यसहितको टोलीले चैत २० गते झापा प्रहरीको नियन्त्रणमा रहेका सो पार्टीका कार्यकर्ताहरूको अवस्था बुझेपछि यस्तो जानकारी दिएको हो ।

सुनसरी र झापा प्रहरीले गिरफ्तार गरिएका भनिएका कार्यकर्ता आफ्नो मातहतका प्रहरी कार्यलयमा नहरेको अभिव्यक्ति दिएपछि राष्ट्रिय मानव अधिकार आयोगले विज्ञप्ति जारी गरी अवस्था सार्वजनिक गर्न आग्रह गरेको थियो ।

सुनसरी प्रहरीले इटहरी उमनपा-९ का ३४ वर्षीय लक्ष्मण कार्की, २६ वर्षीय मोहन कार्की र ४२ वर्षीय रोशन ढकाल र धरान उमनपा-११ का ३५ वर्षीय सुरेश राई, धरान उमनपा-३ का २६ वर्षीय सुरज राईलाई चैत १८ गते सुनसरी अदालतले वकिलको रोहबरमा छोडेको केही बेरमै नियन्त्रणमा लिएको थियो ।

उनीहरूमध्ये सुरज र सुरेश इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा र लक्ष्मण, मोहन र रोशन जिल्ला प्रहरी कार्यालय झापा चन्द्रगढीको बन्दीगृहमा रहेको राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरकी प्रमुख मञ्जु खतिवडाले जानकारी दिइन् ।

उनीहरूलाई चैत २० गते सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको समेत प्रमुख खतिबडाले बताइन् ।

राजनितिक आस्थाको बन्दी भएका कारण अन्यलाई राख्ने ठाउँमा नराख्न, खानपान र स्वास्थ्यको ख्याल राख्न प्रहरीलाई आग्रह गरिएको खतिवडाको भनाई छ ।

प्रदेश १, प्रहरी कार्यालयका एआइजी पशुपति उपाध्यायले एक जिल्लाको मुद्दा सकिएपनि अन्य जिल्लामा समेत मुद्दा भएकाले गिरफ्तार गरेर अनुसन्धान भइरहेको बताए ।

अन्य

भिडियो