सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कोहलपुरले १२ वर्षीय र नौ वर्षीय बालकलाई चैत १६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितद्वयले चैत १४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले चैत १६ गते नै प्रहरीमा उजुरी दिएकाले अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालयका डिएसपी यज्ञप्रसाद भट्टराईले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १६ गते भेरी अञ्चल अस्पताल नेपालगञ्जमा गरिएको प्रहरीले जनाएको छ ।
आरोपितद्वय नाबालक भएकाले गिरफ्तार गरिएता पनि थुनामा राख्न नमिल्ने भएकाले अभिभावकको जिम्मा लगाएको डिएसपी भट्टराईले बताए ।