INSEC Online

📅 २०८३ जेष्ठ २१

बहुविवाह गरेको कसुरमा एक वर्ष कैदको फैसला

बहुविवाह घटनाका आरोपित लहान नपा-१५ का ३० वर्षीय दिपेन्द्र चौधरीलाई जिल्ला अदालतले चैत ६ गते कसुरदार ठहर गर्दै एक वर्ष कैद तथा ५ हजार रुपियाँ जरिबानाको फैसला गरेको छ ।

न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलाशले सो फैसला गरेको सरकारी वकिल जुद्धबहादुर आलेले बताए । बहुविवाह घटनाकी आरोपित २१ वर्षीया प्रेम चौधरीलाई भने सफाई दिने फैसला गरेको सरकारी वकिल आलेले बताए ।

लहान नपा-१५ की २३ वर्षीया रूपा चौधरीले मङ्सिर ७ गते बहुविवाहविरूद्ध इलाका प्रहरी कार्यालय लहानमा मङ्सिर ७ गते उजुरी हालेकी थिइन् ।

इलाका प्रहरी कार्यालय लहानले आरोपितहरूलाई मङ्सिर ७ गते गिरफ्तार गरेको थियो भने जिल्ला अदालतले मङ्सिर १४ गते आरोपित दिपेन्द्रलाई २५ हजार रुपियाँ र प्रेमलाई ५ हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

अन्य

भिडियो