INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या गरेको कसुरमा सर्वस्वसहित जन्मकैदको फैसला

धनगढीमाई नपा-२ की २७ वर्षीया मञ्जुकुमारी चौधरीलाई हत्या गरेको कसुरमा ३२ वर्षीय पति ज्ञानेन्द्रप्रसाद चौधरीलाई जिल्ला अदालतले चैत ५ गते कसुर ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ ।

न्यायाधीश देवेन्द्र पौडेलको इजलाशले सो फैसला गरेको सरकारी वकिल जुद्धबहादुर आलले बताए । हत्यामा संलग्न रहेको आरोप लागेका मृतककी ५० वर्षीया सासू राधा चौधरी र ५७ वर्षीय ससुरा महेन्द्र चौधरीलाई जनही ६ महिना कैद सजायको फैसला गरेको सरकारी वकिल आलेले बताए ।

मञ्जुकुमारीलाई गत असोज ९ गते उनका पति ज्ञानेन्द्रले हत्या गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा असोज १० गते उजुरी दिएको थियो ।

शवको पोष्टमार्टम धरानस्थित विपी प्रतिष्ठानमा असोज १० गते गरिएको थियो । इलाका प्रहरी कार्यालय लहानले आरोपितहरूलाई असोज १० गते गिरफ्तार गरेको थियो भने जिल्ला अदालतको आदेशमा आरोपितहरू तीनै जना कात्तिक ६ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका थिए ।

अन्य

भिडियो