INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात व्यक्तिद्वारा बालकको हत्या

कमला नगरपालिकामा एक बालकको हत्या भएको छ । कमला नपा-८ का प्रमोद साहको ९ वर्षका छोरा रमण साहको हत्या भएको हो । बालकको शव चैत ४ गते बिहान गाउँ नजिकै कुलोमा हत्या गरेर फालिएको अवस्थामा फेला परेको हो ।

चैत ३ गते साँझदेखि एकाएक घरबाट हराएका बालक रमणको शव चैत ४ गते बिहान स्थानीय बासिन्दाले कुलोको पानीमा तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतकको शरीरमा घाउ चोट र डाम भेटिएकोले हत्या गरेर नै फालिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका एसपी चक्रबहादुर सिंहले बताए ।

शवको जनकपुर अञ्चल अस्पतालमा पोष्टमार्टम गराइ परिवार जनलाई बुझाइएको एसपी सिंहले बताए ।

अन्य

भिडियो