पातारासी गाउँपालिकाकी उपाध्यक्ष पुन्नकली महताराले महिला अधिकारकर्मी मायादेवी बोहोरामाथि गाली गलौजका साथै हातपात गरेको आरोप छ ।
पातारासी गाँउपालिका-५ की मायादेवी बोहोराले समाजमा भएको विकृति विसङ्गति बालविवाह र छाउपडीसम्बन्धी काम गर्दै आएकी महिला अधिकारकर्मी बोहोरालले बाल विवाह रोक्न खोज्दा सार्वजनिक स्थलमा नै उपप्रमुख महतारा दम्पतीले हातपात गरेको पीडित बोहोराले बताइन् ।
गाँउपालिमा भइरहेको बालविवाह रोक्न खोज्दा उपप्रमुखले गत फागुन ३० गते विद्यालयमा पढाउन जाने क्रममा हातपात गर्नुका साथै उपप्रमुखका पति नेपाल प्रहरीका जवान मोहनसिंह महताराले समेत हातपात गरेको बोहोराले बताइन् ।
गाँउपालिका उपाध्यक्ष र उनका पतिले एक सामाजिक कार्यकर्ता महिलालाई कुटपिट गरेकोले नागरिकलाई सुरक्षा दिने हकमा गम्भीर प्रश्न उठेको स्थानीयको भनाइ रहेको छ । तत्काल दोषीलाई कारवाही नभए कडा भन्दा कडा आन्दोलन गर्ने समेत स्थानीयले चेतावनी दिएका छन् ।
बालविवाह गरेकी किशोरीलाई सम्बन्ध विच्छेद नगर्न भन्दै पातारासी गाँउपालिकाकी उपाध्यक्षले धम्की समेत दिएको पीडित महिलाले बताइन् ।
पीडित महिला न्याय माग्दै जिल्लासम्म पुगेकी छन् चैत २ गते नै दोषिमाथि कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दर्ता गरिएको उनको भनाइ छ ।