सिरानचोक गाउँपालिका-२ का २२ वर्षीय रविन गुरूङ र सोही ठाउँकी २१ वर्षीया सविना गुरूङलाई वहुविवाह गरेको आरोपमा प्रहरीले फागुन ३० गते गिरफ्तार गरेको छ ।
आरोपितद्वयले फागुन २९ गते बहुविवाह गरेको आरोपमा २५ वर्षीया अनिता गुरूङले फागुन ३० गते प्रहरीमा उजुरी दिएकी थिइन् ।
आफू घरमा हुँदाहुँदै पतिले अर्को विवाह गरेकाले न्यायका लागि प्रहरीमा उजुरी दिएको पीडित महिलाले बताइन् ।