भीमदत्त नपा-५ वनखेतकी २४ वर्षीया सोनी चन्दलाई आफूसँग विवाह गर्न नमानेको आरोपमा भीमदत्त नपा-१० गड्डाचौकीका २७ वर्षीय राकेश चन्दले फागुन ३० गते निर्घात कुटपिट गरेका छन् ।
सोनीको घरमा आएर राकेशले सोनीलाई आफूसँग विवाह गर्न दबाव दिँदा सोनीले नमानेपछि उनले कुटपिट गर्नका साथै तातो घिउ आँखामा हालिदिएको पीडितले बताइन् ।
कुटपिटबाट पीडित युवतिको आँखा र मुखमा चोट लागेको छ । पीडित युवतीको उपचार महेन्द्रनगर स्थित आँखा अस्पतालमा हुन नसकेपछि थप उपचारका लागि कैलालीको गेटा आँखा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनायो ।
आरोपित फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी ज्ञानबहादुर सेठीले वताए ।