१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका चुलाचुली-९ का २७ वर्षीय राजमान भन्ने राजु लिम्बूविरुद्ध जिल्ला अदालतले आठ वर्षकैद सजाय सुनाएको छ ।
जिल्ला न्यायाधीश इन्द्रकुमार चोङ्गटेन्लीको इजलासले मुलुकी ऐन जबरजस्ती करणी महलको ३ (२) बमोजिम लिम्बूविरूद्ध आठ वर्षकैद र २५ हजार रुपियाँ पीडितका नाममा क्षतिपूर्ति भराउने आदेश दिएको श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिए ।
लिम्बूले १३ वर्षीया एक बालिकालाई ०७३ चैत २६ गते बलात्कार गरेको आरोपमा प्रहरीले ०७४ वैशाख २ गते गिरफ्तार गरेको थियो ।