INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका पीडित बालिकाको न्यायिक प्रकृयामा इन्सेकद्वारा सहयोग प्रदान

बलात्कार घटनाका पीडित बालिकालाई इन्सेक लुम्बिनी प्रदेश कार्यालयले ०८२ जेठ २० गते न्यायिक प्रकृयामा सहयोग पु‌‍र्‍याउन आर्थिक सहयोग प्रदान गरेको छ ।

बालिकालाई न्यायिक प्रकृयामा जान सहज होस् भन्ने उद्देश्ले पीडित परिवारलाई इन्सेक जिल्ला प्रतिनिधि मार्फत् १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरिएको हो ।

१३ वर्षीया बालिकालाई ०८१ कात्तिक २७ गते २० वर्षीय सागर परियारले बलात्कार गरेको भन्दै पीडित पक्षले ०८२ वैशाख १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । प्रहरीले घटनाका आरोपितलाई वैशाख १६ गते गिरफ्तार गरी कानुनी दायरा ल्याइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर डमरपालले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख १६ गते बर्दिया अस्पताल, गुलरियामा भएको थियो ।

अन्य

भिडियो