मालारानी गाउँपालिका-६ की ३६ वर्षीया विष्णु आचार्यलाई नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले माघ २१ गते गिरफ्तार गरेको छ ।
आरोपितले माघ १३ गते नवजात शिशु जन्माई हंसपुरको लोहरी भन्ने स्थानमा हत्या गरी फालेको भन्ने सूचनाका आधारमा अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीका इन्स्पेक्टर प्रदीपकुमार डिसिले जानकारी दिए । मृतकको पोष्टमार्टम माघ १५ गते जिल्ला अस्पतालमा भएको प्रहरीले जनाएको छ ।