नेपाल मानव अधिकार वर्ष पुस्तकर २०२५ का लागि संकलन गरिएका घटनाहरुको अद्यावधिक तथा पुनर्पुष्टि गर्नका लागि इन्सेक जिल्ला प्रतिनिधिहरुको जिल्लास्थिति बिभन्न सरोकारवालाहरुको सहभागितामा ०८१ पुस ७ गते वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गनुभएको छ ।
इन्सेक अछाम प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । इन्सेक अछामको आयोजनामा ०८१ पुस ७ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न गरिएको हो ।
इन्सेक अछाम प्रतिनिधि शिवराज ढुङ्गानाले एक वर्षमा संकलन गरेका घटनाहरूको सार्वजनिकीकरण र जिल्लाको समग्र मानव अधिकारको अवस्था प्रस्तुत गर्नुभएको थियो । सन् २०२४ जनवरीदेखि डिसिम्बरसम्म बलात्कार र यौन दुव्र्यवहारबाट सात जना बालिका र बलात्कारबाट नौ जना महिलाहरु पीडित भएको प्रतिवेदनमा उल्लेख छ । अभद्र व्यवहार तथा हातपातबाट १३, बहुविवाहबाट चार, विद्युतिय अपराधबाट दुई र घरेलु हिंसाबाट ४८ घटना पीडित भएका छन् ।

जिल्ला समन्वय समिति, अछाका प्रमुख ललितबहादुर कुँवरले मानव अधिकारको प्रत्याभूति, संरक्षण र प्रवद्र्धनका लागि राज्यका हरेक निकाय र व्यक्तिले सक्रिय हुन पर्ने भनाइ राख्नु भयो । उहाँले अधिकारप्रति व्यक्तिलाई सचेत पार्ने, अधिकार प्रत्याभूति र उपभोग गर्ने, कर्तव्य पालना गर्न पर्ने बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले राज्यका हरेक निकायले मानव अधिकारको प्रत्याभूतिमा सरकारी निकाय क्रियाशील रहेको भनाइ राख्नुभयो । मानव अधिकार आर्थिक सक्षमता पनि जोडिने भएकोले रोजगारीमूलक काममा संलग्न भएमा अधिकार सुरक्षित हुने बताउनु भयो ।
जिल्ला सरकारी कार्यालय, अछामका न्यायाधिवक्ता हरिसप्रसाद भट्टले मानव अधिकारको रक्षाका लागि हरेक व्यक्तिमा सचेतना जागरुकता र कानुनी ज्ञानसँगै त्यसको उपयोग आवश्यक भएको भनाइ राख्नुभयो । आफ्नो कार्यालयले कानुनी ज्ञानलगायत सचेतनाका काम गरिरहेको भए पनि समाज अझै कानुनी अलमलमा रहेको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर टेकबहादुर देउवाले पीडितले शुरुमा निकै उत्साहित भएर उजुरी गरेपनि बीचमा होस्टाइल हुने गरेको बताउनु भयो । उहाँले प्रहरीले मानव अधिकारको प्रत्याभूतिलाई प्राथमिकतामा राखेकोले घटनाको अनुसन्धानदेखि अभियोजन, अपराध नियन्त्रणमा मानव अधिकारमैत्री भएर काम गरिरहेको बताउनु भयो ।
अधिवक्ता तथा तुर्माखाँद गाउँपालिकाका पूर्व अध्यक्ष पुष्पराज शर्माले स्थानीय तहलाई समेत अर्धन्यायिक अधिकार दिएको भए पनि त्यसले प्रभावकारी काम गर्न नसकेको बताउनु भयो । न्यायिक समितिको काम, कर्तव्य, अधिकार र त्यसको प्रभावकारिताका लागि इन्सेकले पनि सहजिकरण गर्न आवश्यक देखिएको उहाँले बताउनु भयो ।
इन्सेक प्रतिनिधि नरी बडुका अनुसार अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक), बैतडीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०८१ पुष ७ गते सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय, बैतडीको सभाहलमा सम्पन्न कार्यक्रममा इन्सेक प्रतिनिधि नरी बडुले जिल्लामा सन् २०२४ जनवरीदेखि डिसिम्बरसम्म अभिलेख गरेका घटनाहरु र जिल्लाको आर्थिक, समाजिक तथा सास्कृतिक अधिकारको अवस्था सार्वजनिक गर्नुभएको थियो ।

जिल्लामा यस वर्ष बलात्कार र बलात्कार प्रयासका घटनाबाट १० बालिका र १० महिला पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । यसैगरी वातावरणको अधिकारका बारेमा समेत स्थानीय तह र सरकार जिम्मेवार नभएको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा उपस्थित सरोकारवालाहरुले इन्सेकले यस पटक वातावरणको अधिकारका बारेमा उठाएको मुद्दा जायज भएको बताएका थिए । कार्यक्रममा बोल्दै नेपाल बार एसोसिएसन, बैतडीका अध्यक्ष हरिदत्त भट्टले इन्सेकको प्रतिवेदन यसपटक आर्थिक सामाजिक तथा सास्कृतिक अधिकारका विषयमा केन्द्रत भएको देख्दा खुसि लागेको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय, बैतडीका डिएसपी मकेन्द्र मिश्रले अदालत तथा प्रहरीले गरेका सकारात्मक काम तथा सचेतना अभियानका बारेमा समेत वर्ष पुस्तकमा समावेश गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा प्रशासन, अदालत, सरकारी वकील कार्यालय, अस्पताल, स्वास्थ्य, शिक्षा, कारागार कार्यालयका प्रमुख एवं प्रतिनिधि, अधिकारकर्मी र पत्रकारहरुको उपस्थिती रहेको थियो ।