अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयले बलात्कार घटनाकी पीडित १८ वर्षीया युवतीलाई ०८१ मङ्सिर २८ गते १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
पीडित युवतीलाई ०८१ जेठ २१ गते मलंगवा नगरपालिका-७ गणेशीयाका २० वर्षीय दिपक कुमार यादवले बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा जेठ ३२ गते उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण जेठ ३२ गते जिल्ला अस्पताल मलंगवामा भएको थियो ।
आरोपित यादव हालसम्म फरार रहेकोले खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
पीडितको आर्थिक अवस्था कमजोर रहेको र न्यायिक प्रक्रियामा सहयोग पुग्ने उद्देश्यले पीडितलाई आर्थिक सहयोग गरेको इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले बताउनु भयो ।