INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि पूर्व समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरुको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस २ गते सुनसरीमा सम्पन्न गरिएको छ ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधिले सन २०२३ जनवरी १ देखि डिसेम्वर १६ सम्म सङ्कलन गरिएका १ सय ४५ ओटा मानव अधिकार घटनाहरू अभिलेखीकरण गरिएको बताउनु भयो ।

सन् २०२३ जनवरी १ देखि नोभेम्वरसम्मको अवधिमा बलात्कार, बलात्कार प्रयास, मानव वेचविखन, घरेलु हिंसा, जातीय विभेद तथा छुवाछुत, हत्या, हत्या प्रयास, भौतिक क्षति र वहुविवाह लगायतका घटनाहरूबाट १ सय ५० जना पीडित भएको इन्सेकले अभिलेखीकरण इन्सेक सुनसरी  प्रतिनिधिले बताउनु भयो ।

समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधिले तीन वर्षीया बालिकामाथि बाल यौन दुव्र्यवहार, बाबुबाट छोरी बलात्कार, आफन्तजनबाटै हत्यालगायतका घटना अभिलेखीकरण गरिएको बताउनु भयो ।

इन्सेकले सन् १९९२ देखि नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन गर्दै आएको र सोही अनुसार २०२४ को ३३ औँ संस्करणको नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा गरिएको बताउनु भयो ।

इन्सेक अभिलेखका आधारमा जिल्लामा हत्याका ६, पत्रकारमाथि धम्कीका दुई, बहुविवाहका २०,  महिला र बालिका बलात्कारका १ सय ६,  बलात्कार प्रयासका १४, यौन दुर्व्यवहारका आठ, घरेलु हिंसालगायतका घटनामा १ सय ४५ जना पीडित भएका छन् ।

वार्षिक समीक्षा कार्यक्रममा मानव अधिकार जिल्ला सञ्जाल संयोजक रमेश भट्टराई, अधिकारकर्मी राजकुमार शर्मालगायतका सरोकारवाला संस्थाका प्रतिनिधिहरूले प्रतिवेदनमाथि सुझाव दिएका छन् ।

अन्य

भिडियो