नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरुको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस २ गते सुनसरीमा सम्पन्न गरिएको छ ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधिले सन २०२३ जनवरी १ देखि डिसेम्वर १६ सम्म सङ्कलन गरिएका १ सय ४५ ओटा मानव अधिकार घटनाहरू अभिलेखीकरण गरिएको बताउनु भयो ।
सन् २०२३ जनवरी १ देखि नोभेम्वरसम्मको अवधिमा बलात्कार, बलात्कार प्रयास, मानव वेचविखन, घरेलु हिंसा, जातीय विभेद तथा छुवाछुत, हत्या, हत्या प्रयास, भौतिक क्षति र वहुविवाह लगायतका घटनाहरूबाट १ सय ५० जना पीडित भएको इन्सेकले अभिलेखीकरण इन्सेक सुनसरी प्रतिनिधिले बताउनु भयो ।
समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधिले तीन वर्षीया बालिकामाथि बाल यौन दुव्र्यवहार, बाबुबाट छोरी बलात्कार, आफन्तजनबाटै हत्यालगायतका घटना अभिलेखीकरण गरिएको बताउनु भयो ।
इन्सेकले सन् १९९२ देखि नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन गर्दै आएको र सोही अनुसार २०२४ को ३३ औँ संस्करणको नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा गरिएको बताउनु भयो ।
इन्सेक अभिलेखका आधारमा जिल्लामा हत्याका ६, पत्रकारमाथि धम्कीका दुई, बहुविवाहका २०, महिला र बालिका बलात्कारका १ सय ६, बलात्कार प्रयासका १४, यौन दुर्व्यवहारका आठ, घरेलु हिंसालगायतका घटनामा १ सय ४५ जना पीडित भएका छन् ।
वार्षिक समीक्षा कार्यक्रममा मानव अधिकार जिल्ला सञ्जाल संयोजक रमेश भट्टराई, अधिकारकर्मी राजकुमार शर्मालगायतका सरोकारवाला संस्थाका प्रतिनिधिहरूले प्रतिवेदनमाथि सुझाव दिएका छन् ।