INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस ७ गते सम्पन्न गरिएको छ ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि विष्णुकुमार देवकोटाले ०७८ पुस १७ गतेदेखि ०७९ मङ्सिर २७ गतेसम्म सङ्कलन गरिएका ११ ओटा घटनाहरू प्रस्तुत गर्नु भएको छ ।

सार्वजनिक गरिएका घटनाहरुमा घरेलु हिंसाका ३ , कुटपिटका ४, राजनितिक झडपका २ र विभेदका २  ओटा गरेर जम्मा ११ ओटा रहेका छन । कार्यक्रममा जिल्ला न्यायाधिश बाबुराम सुवेदी र त्रिपुरासुन्दरी नगरपालिका प्रमुख जनचन्द रोकायाले सार्वजनिक कानुनको सबैले पालना गर्नु पर्ने बताउनु भयो ।

यस्तै गरी नेपाली कांग्रेसका टंक उपाध्याय र  नेकपा एमालेका तुलचन्र्द रोकायले राजनितिकरुपमा केही अपवादमा दवाव नदिनुपर्ने घटनाहरुमा दवाव दिए पनि मानव अधिकार उलङ्घनका जघन्य अपराध जस्ता घटनाहरुमा दवाव नदिने मा प्रतिवद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा महिला अन्तरपाटीकी भगवती पहाडी र महिला बालबालिका तथा समाज कल्याण कार्यालयकी प्रमुख सरिता सिंहले महिलालाई सबैले हेपाहा दृष्टिले हेर्ने गरेको बताउनु भयो ।
Photo20221223Dolpa (2)

Photo20221223Dolpa (3)

Photo20221223Dolpa (1)

अन्य

भिडियो