नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस ७ गते सम्पन्न गरिएको छ ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि विष्णुकुमार देवकोटाले ०७८ पुस १७ गतेदेखि ०७९ मङ्सिर २७ गतेसम्म सङ्कलन गरिएका ११ ओटा घटनाहरू प्रस्तुत गर्नु भएको छ ।
सार्वजनिक गरिएका घटनाहरुमा घरेलु हिंसाका ३ , कुटपिटका ४, राजनितिक झडपका २ र विभेदका २ ओटा गरेर जम्मा ११ ओटा रहेका छन । कार्यक्रममा जिल्ला न्यायाधिश बाबुराम सुवेदी र त्रिपुरासुन्दरी नगरपालिका प्रमुख जनचन्द रोकायाले सार्वजनिक कानुनको सबैले पालना गर्नु पर्ने बताउनु भयो ।
यस्तै गरी नेपाली कांग्रेसका टंक उपाध्याय र नेकपा एमालेका तुलचन्र्द रोकायले राजनितिकरुपमा केही अपवादमा दवाव नदिनुपर्ने घटनाहरुमा दवाव दिए पनि मानव अधिकार उलङ्घनका जघन्य अपराध जस्ता घटनाहरुमा दवाव नदिने मा प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा महिला अन्तरपाटीकी भगवती पहाडी र महिला बालबालिका तथा समाज कल्याण कार्यालयकी प्रमुख सरिता सिंहले महिलालाई सबैले हेपाहा दृष्टिले हेर्ने गरेको बताउनु भयो ।


