INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पुर्व वार्षिक समीक्षा

सुनसरी जिल्लामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सङ्कलित घटनाको प्रकाशन पुर्व वार्षिक समीक्षा कार्यक्रम पुस ४ गते सम्पन्न गरिएको छ ।

इन्सेक जिल्ला प्रतिनिधि जयकृष्ण यादवका अनुसार एक वर्षको अवधिमा १० वर्ष मुनिका नौ जना बालिका बलात्कृत भएका छन् भने २०१९ को यो अवधिसम्म ७१ ओाटा बलात्कारका घटना सङ्कलन गरिएको छ ।

यो अवधिमा राज्य पक्षबाट आठ र अन्य पक्षबाट १ सय ४७ ओटा गरी १ सय ५५ ओटा घटनाहरू यहाँ अभिलेख गरिएकोमा ७१ ओाटा घटना बलात्कारसँग सम्बन्धित रहेका छन् ।

इन्जिनियर पुस्कर पोखरेलले देशमा विकास भएको र संविधान आएको भएपनि मानवीय विकासको अभाव भएकाले मानवीय विकास र नैतिकताको शिक्षा तथा सचेतना दिएर अधिकार उल्लङ्घन र अपराध कम गर्नुपर्नेमा जोड दिनुभयो ।

photo20191221sunsari (1)

photo20191221sunsari (2)

photo20191221sunsari (3)

photo20191221sunsari (4)

photo20191221sunsari (5)

photo20191221sunsari (6)

photo20191221sunsari (7)

photo20191221sunsari (8)

photo20191221sunsari (9)

अन्य

भिडियो