INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकका हरेक गतिविधिमा गाउँपालिकाको साथ रहन्छः प्रमुख थापा

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङले आयोजना गरेको परियोजना परिचयात्मक तथा मानव अधिकार समूह गठन कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिका प्रमुख अमरबहादुर थापाले गाउँपालिकालाई सामाजिक, सांस्कृतिक र आर्थिक पक्षमा सबल बनाउन आफूहरू प्रतिबद्ध रहेको बताउनुभएको छ ।

उहाँले इन्सेकले गठन गरेको मानव अधिकार समूहलाई जनतालाई मानव अधिकारको बारेमा सू–सूचित गराउन र गाउँपालिकाका हरेक गतिविधिमा सकरात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको थियो ।

उहाँले इन्सेक र मानव अधिकार समूहको सहयोग लिएर आगामी दिनमा गाउँपालिकाका निर्माण हुने योजना र कार्यक्रमहरू पूर्ण मानव अधिकारमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा गाउँपालिका उपप्रमुख तथा न्यायिक समिति संयोजक अर्जुनबहादुर खत्रीले गाउँपालिकालाई महिला, बालबालिका र ज्येष्ठ नागरिक मैत्री बनाउनको लागि आफूहरू सधँै लागिपर्ने बताउनुभएको थियो ।

‘गाउँमा अझैपनि महिला पुरुषको बीचमा ज्याला विभेद छ ।’–खत्रीले भन्नुभयो–‘हाम्रोमात्र प्रयासले समान ज्याला लागु गर्न सकिएको छैन । इन्सेक र मानव अधिकार समूहले पनि सकारात्मक पहल गर्नुप¥यो ।’

कार्यक्रममा काठेखोला गाउँपालिका–८ का वडा अध्यक्ष चित्रा श्रीषले इन्सेकको तीन वर्षीय परियोजना सफल बनाउन आफूहरूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले जनप्रतिनिधि र कर्मचारीहरूले स–साना विषयहरूलाई पनि मानव अधिकारको दृष्टिकोणले हेर्ने हो भने समुन्नत समाज निर्माणको सपना पुरा गर्न समय नलाग्ने बताउनुभएको थियो ।

कार्यक्रममा इन्सेकका पूर्व जिल्ला प्रतिनिधि रामबहादुर जिसीले मानव अधिकार, इन्सेकका कार्यक्रम र तीन वर्षे परियोजनाको बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा भेषकुमारी भण्डारीको संयोजकत्वमा ११ सदस्यीय मानव अधिकार समूह गठन गरिएको छ ।

समूहमा राधिका खत्री, पुष्पा कुमारी गौतम, थमकुमारी श्रीष, सन्तु विक, सुस्मिता सापकोटा, भक्त कुँवर, धननमाया विक, गङ्गा परियार, थम्मन कार्की र थिरबहादुर राना रहनुभएको छ ।

photo20191128baglung (1)

photo20191128baglung (2)

photo20191128baglung (3)

photo20191128baglung (4)

photo20191128baglung (5)

photo20191128baglung (6)

photo20191128baglung (7)

photo20191128baglung (8)

photo20191128baglung (9)

अन्य

भिडियो