INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्‌तार

१५ र १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शहिद लखन गाउँपालिका–३ का ३४ वर्षीय एक पुरुषलाई प्रहरीले ०८२ भदौ ५ गते गिरफ्‌तार गरेको छ ।

पीडित बालिका द्वयलाई भदौ ४ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितका आफन्तले भदौ ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी इन्द्रप्रसाद सुवेदीले बताउनुभयो ।

पीडित १५ र १३ वर्षीया बालिकाहररु आरोपित पुरुषका छोरीहरु हुन् । पीडित बालिकाहरूको स्वास्थ्य परीक्षण भदौ ६ गते गोरखा अस्पतालमा गरियो ।

अन्य

भिडियो