२२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चौतारा साँगाचोकगढी नपगरपालिका—११ का २६ वर्षीय दीपक माझीलाई सात वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला न्यायधीश भगवती शर्मा ढुङ्गानाको ०८२ साउन १३ गते बसेको इजलाशले माझीलाई सात वर्ष कैद सजाय र तीन लाख जरिवानाको फैसला गरेको श्रेस्तेदार प्रेमप्रसाद पौडेलले बताउनु भयो ।
पीडित महिलालाई ०८० माघ २६ गते बलात्कार गरेको भन्दै माझीविरुद्ध पीडितले ०८० माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका थिए ।
माझी जिल्ला अदालतको आदेशले ०८० फागुण १७ गतेदेखि पुर्पक्षका लागि थुनामा थिए ।