INSEC Online

📅 २०८३ जेष्ठ २१

एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट १ सय ९९ जना लैङ्गिक हिंसा पीडितले लिए सेवा

बर्दिया अस्पताल, गुलरियामा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) बाट लैङ्गिक हिंसाका पीडित १ सय ९९ जनाले सेवा लिएका छन् ।

एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट बलात्कार, यौन दुव्र्यवहार, शारीरिक यातना, बालविवाह, मानव ओसार पसार, घरेलु हिंसा लगायतको मानव अधिकार उल्लङ्घनका घटनामा परी शारीरिक, मानसिक तथा सामाजिक यातना भोगेकालाई सहयोग गर्ने उद्देश्यले यसको स्थापना भएको हो ।

गत आर्थिक २०८१/०८२ मा वर्षमा ३४ जबरजस्ती करणीका, १७ यौन दुव्र्यवहार, ४४ कुटपिट, ८९ बालविवाहका , १३ जना मानसिक यातना पीडितले उपचार सेवा लिएको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति बर्दिया अस्पतालका नर्सिङ निरीक्षक सपना बाठामगरले बताउनु भयो । साथै उहाँले आर्थिक वर्ष २०८०/०८१ मा २ सय १० जनाले, र आर्थिक वर्ष २०७९/०८० मा २ सय ८९ जनाले सेवा लिएको जानकारी दिनुभयो ।

बर्दिया अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा सुभाष पाण्डेले लैङ्गिक हिंसा सम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र हिंसा पीडितहरूलाई उपचारको साथै उचित व्यवस्थापन गरी लैङ्गिक हिंसा नियन्त्रणमा सहयोग पु्याउने उद्देश्यले स्थापना भएको जानकारी दिनुभयो । लैङ्गिक हिंसामा परेका महिलाहरू माथि हुने बलात्कार, यौन दुव्र्यवहार, घरेलु हिंसा लगायत अन्य सङ्कटमा रहेकालाई उद्धार र उपचार व्यवस्थापन, पुर्नस्थापनाको काम एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले काम गर्दै आएको उहाँको भनाइ छ ।

लैङ्गिक हिंसा, बालबालिकाहरूलाई सुरक्षा, स्वास्थ्योपचार, मानसिक एव मनोसामाजिक परामर्श ,कानुनी उपचार, आश्रय, पुनर्स्थापना कामहरू सञ्चालन गर्नुका साथै पीडितहरूको पहिचान गोप्य राख्ने काम केन्द्रले गर्दै आएको कुरा डा. पाण्डेले जानकारी गराउनु भयो ।

अन्य

भिडियो