INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चौदण्डीगढी नगरपालिका-९ अजयगराका १९ वर्षीय सुजन सदालाई साउन  ६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८२ साउन ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार इलाका प्रहरी कार्यालय, बेल्टारका इन्स्पेक्टर बविन राईले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन ६ गते गरिएको छ ।

 

अन्य

भिडियो