१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चौदण्डीगढी नगरपालिका-९ अजयगराका १९ वर्षीय सुजन सदालाई साउन ६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८२ साउन ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार इलाका प्रहरी कार्यालय, बेल्टारका इन्स्पेक्टर बविन राईले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन ६ गते गरिएको छ ।