INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

बंगलाचुली गाउँपालिका–४ की ५० वर्षीया गोमा पुनको हत्या गरेको आरोपमा ३८ वर्षीय जागेश्वर पुनलाई प्रहरीले ०८२ साउन २ गते गिरफ्तार गरेको छ ।

मादक पदार्थ सेवन गरी साउन १ गते राती पति र पत्नी बिच झगडा भएको र सोहीक्रममा पतिले शरीरका विभिन्न भागमा लाठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय कमिरेचौरबाट गएको प्रहरी टोलीले आरोपित जागेश्वरलाई साउन घरबाटै गिरफ्तार गरी अनुसन्धान थालेको डिएसपी शाहले बताउनुभयो । शवको पोष्टमार्टका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ल्याइएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो