INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले ४५ वर्षीय बाबुलाई दुई महिना कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश अशोक कुमार बस्नेतको ०८२ असार २८ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै दुई महिना कैद, २० हजार रुपियाँ जरिबाना र ३० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति बापत भराई दिने फैसला गरेको अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिनुभयो ।

आरोपितले पीडितलाई ०८१ चैत ५ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाको सहयोगमा चैत ६ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिइएको थियो । पीडितको स्वास्थ्य परीक्षण चैत ६ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको थियो । प्रहरीले आरोपितलाई ६ गते घरबाटै गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो