INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला

१९ वर्षीया पूर्ण अपाङ्गता भएकी छोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले ४५ वर्षीय बाबुलाई जन्म कैद सजायर्को फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश ईश्वर पराजुलीको असार २७ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै जन्म कैद, ७ लाख रुपियाँ जरिबाना, १ लाख रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिनुभयो ।

आरोपितले पीडितलाई ०८१ असोज ५ गते बलात्कार गरेको भन्दै पीडितको आमाको सहयोगमा असोज ६ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिइएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण असोज ५ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भएको थियो । प्रहरीले आरोपितलाई असोज ६ गते घरबाटै गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो