१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बारा जिल्ला बिश्रामपुर गाउँपालिका -३ का २७ वर्षीय सुनिल मण्डलविरुद्ध पीडित पक्षले ०८२ असार ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
आरोपितले बालिकालाई असार ४ गते बलात्कार गरेका थिए । घटना पछि आरोपित फरार रहकोले प्रहरीले जिल्ला अदालतबाट पक्राउ अनुमति पुर्जी लिई आरोपितको खोजी कार्य भइरहेको डिएसपी किशोर लम्सालले जानकारी गराउनुभयो।
बालिकाको स्वास्थ्य परीक्षण असार ५ गते नारायणी अस्पताल बिरगञ्जमा भएको थियो।