INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

 

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सहिद नगर नगरपालिका -८ का १९ वर्षीय नजामुदी नदाफविरुद्ध पीडित पक्षले ०८२ असार २८ गते इलाका प्रहरी कार्यालय यद्दुकहामा उजुरी दिएका छन् ।

आरोपितले बालिकालाई असार २७ गते दुर्व्यवहार गरेको पीडितले उजुरीमा उल्लेख गरेकी छन् ।

घटनापछि आरोपित फरार रहेकोले खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर ओम प्रकाश यादवले बताउनुभयो।

अन्य

भिडियो