१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले म्याङलुङ नगरपालिका-९ का १७ वर्षीय बालक बालकलाई असार १९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८२ असार १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्व सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रोशन कामतीले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार १९ गते गरिएको छ ।