INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार  गरेको आरोपमा प्रहरीले म्याङलुङ नगरपालिका-९ का १७ वर्षीय बालक बालकलाई असार १९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८२ असार १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्व सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रोशन कामतीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार १९ गते गरिएको छ ।

अन्य

भिडियो