३० वर्षीया देविका बुढाथोकीको ०८२ असार १७ गते राति हत्या गरेको आरोपमा प्रहरीले रुकुमपश्चिमको चौरजहारी नगरपालिका–३ टाटागाउँका ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीलाई असार १७ गते गिरफ्तार गरेको छ ।
आरोपितले पत्नीलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेका थिए । इलाका प्रहरी कार्यालय चौरजहारीबाट दिपेन्द्र रावतको नेतृत्वमा गएको टोलीले आरोपितलाई खुकुरी सहित नियन्त्रणमा लिएको थियो ।
पति र पत्नी बीच बेला बेला झगडा हुने गरेको स्थानीयहरुले बताएका छन् । हत्या के कति कारणले गरिएको हो खुलेको छैन ।
शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले लगिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।