INSEC Online

📅 २०८३ जेष्ठ २१

मोरङ कारागारका एक जना कैदी मृत्यु

जिल्ला कारागार मोरङमा सजाय भुक्तान गरिरहेका लागुऔषध मुद्दाका एक जना कैदीको मृत्यु भएको कारागारका प्रशासनले जनाएको छ।

मोरङको सुनवर्षी नगरपालिका-२ का २४ वर्षीय उमेश दर्जीको असार १० गते मृत्यु भएको कारागारका जेलर गौरव ढुंगेलले बताउनु भयाे।

लागुऔषध मुद्दामा दोषी ठहर भएर सजाय भुक्तान गरिरहेका दर्जीको उपचारका क्रममा मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा ०८२ असार १० गते मृत्यु भएको जेलर ढुङ्गेलले बताउनु भयो।

ज्वरो आउने र खुट्टा सुन्निने समस्या भएपछि दर्जीलाई उपचारका लागि ०८२ जेठ ३० गते कोशी अस्पताल भर्ना गरिएको थियो । कोशी अस्पतालमा सम्भव नभएपछि थप उपचारका लागि असार ३ गते विराट शिक्षण अस्पताल लगिएको थियाे।

लामो समयदेखि उपचाररत दर्जीको स्वास्थ्य अवस्थामा सुधार भएको थिएन ।उपचारकै क्रममा असार १० गते दर्जीको मृत्यु भएको हो ।

लागुऔषध मुद्दामा कसुरदार ठहर भएका दर्जी ०८१ पुस ४ गतेदेखि कारागारमा थिए । उनलाई जिल्ला अदालत मोरङले ५ वर्ष २ महिना कैद र ७ हजार रूपैयाँ जरिबाना हुने फैसला गरेको थियो ।

मृतकको शव पीडित परिवारले असार १० गते बुझि सुनवषीस्थित बक्राहा खोला घाटमा सद्गग गरेको छ

अन्य

भिडियो