INSEC Online

📅 २०८३ जेष्ठ २१

पेस्तोल देखाएर धम्क्याउँदै कुटपिट

दंगीशरण गाउँपालिका–४ का मजदुरहरु ३४ वर्षीय सौगात परियार र २३ वर्षीय केशव परियारलाई इलाका प्रहरी कार्यालय हेकुलीका इन्चार्ज वरिष्ठ सई ४३ वर्षीय दलबहादुर बुढाले पेस्तोल देखाएर धम्क्याउँदै कुटपिट गरेको भन्दै न्यायका लागि आवाज उठाइदिन इन्सेकसँग आग्रह गर्नु भएको छ ।

तुलसीपुर बजारमा दैनिक मजदुरी गरेर घर फर्किने क्रममा असार ८ गते साँझ साढे ७ बजेतिर बाटोमै रोकेर रातिमा किन हिँडेको भन्दै पेस्तोल देखाएर धम्क्याएको र कुटपिट गरेको पीडित सौगात परियारले इन्सेक जिल्ला प्रतिनिधिलाई बताउनु भयो । दिनभरी मजदुरी गरेर घर फर्किरहेका बेला विनाकारण गालामा चार पाँच पटक हानेर छोडेको उहाँले बताउनु भयो । घटना बारे जानकारी नभएको उल्लेख गर्दै इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी अनिल ठकुरीले पीडितहरुले उजुरी दिए छानवीन गर्ने बताउनु भयो ।

तर प्रहरीविरुद्ध प्रहरीमा उजुरी गर्ने कि नगर्ने भन्ने विषयमा आफूहरु परामर्शमा रहेको भन्दै पीडित परियारले न्यायका लागि सहयोग गर्न आग्रह गर्नुभयो ।

अन्य

भिडियो