१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ०८२ असार ३ गते प्रहरीले लमजुङको मस्याङदी गाउँपालिका–३ टुनिखर्क घर भएका ३१ वर्षीय डुल बहादुर गुरूङलाई गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई ०८२ वैशाख १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार ३ गते दिएको उजुरीका आधारमा लमजुङ घर भै नासो गाउँपालिका–९ दानाक्यूस्थित सिनो हाईड्रोपावर मनाङमा काम गर्ने गुरुङलाई गिरफ्तार गरी अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायव उपरीक्षक(डिएसपी) हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रदेश अस्पताल मनाङमा गरिएको छ ।