INSEC Online

📅 २०८३ जेष्ठ २१

भूकम्प र सुख्खा खडेरीले खानेपानीको समस्या

भूकम्प र सुख्खा खडेरीका कारण जाजरकोटको ग्रामीण वस्तीहरूमा खानेपानीको समस्या गम्भीर बनेको छ। भूकम्प र सुख्खा खडेरीले भौतिक संरचना र पानीका मुहानहरूलाई क्षति पुर्‍याएपछि स्थानीय जनता खानेपानीको समस्यामा परेका छन्।

सरकारले भूकम्पपछि पानीको समस्या भएका गाउँवस्तिहरुमा तत्काल राहतस्वरूप ५० लाख रुपियाँको बजेटबाट फिटिङ्ग, पाईप, र भूकम्पीय सरसफाइका सामग्री आवश्यकताका आधारमा वितरण गरेको छ। तर दीर्घकालीन समस्या समाधानको लागि आवश्यक थप बजेट र संरचनात्मक सुधार आवश्यक रहेको स्थानीय निकाय र सरोकारवालाहरूको भनाइ छ।

भूकम्प प्रभावित गाउँहरूमा खानेपानीको विकास र पुनःस्थापनाका लागि १ अर्ब ६ करोड रुपियाँ स्थानीय तहका नागरिकले माग गरिएको भए पनि, प्रदेश सरकार र संघीय सरकारबाट आवश्यक रकम नआउँदा समस्या झन् जटिल बनिरहेको खानेपानी सिञ्चाइ तथा उर्जा विकास कार्यालयका प्रमुख मङ्गल शाहीले बताउनु भयो।

छेडागाड नगरपालिका-१२ काडाँगाउँका १ सय ४५ घरपरिवारले उपभोग गर्दै आइरहेको खानेपानी मुहानमा पानी सुकेपछि उपभोक्तालाई समस्या परेको छ । खानेपानीको समस्या भएपछि खानेपानी सिञ्चाइ तथा उर्जा विकास कार्यालयले काँडा लिफ्ट खानेपानी निर्माणका लागि काम सुरु गरेको रत्नबहादुर कार्कीले बताउनु भयो ।

छेडागाड नगरपालिका, भेरी नगरपालिका र जुनीचाँदे गाउँपालिकाका वस्तीहरूमा पनि खानेपानीको समस्या गम्भीर रुपमा देखिएको छ। गाउँहरूमा पानीको अभाव र सुख्खा खडेरीका कारण बालबालिका र वृद्धवृद्धा समेत प्रभावित भएका छन्।

अन्य

भिडियो