कटहरिया नगरपालिका-१ भासेढवाकी २२ वर्षीया अल्का यादवको हत्या गरेको आरोपमा प्रहरीले ५१ वर्षीय ससुरा रामपुकार प्रसाद यादवलाई गिरफ्तार गरेको छ ।
अल्का यादवको हत्या ०८२ जेठ २० गते उनका २१ वर्षीय पति अनकेश यादव, ससुरा रामपुकार प्रसाद यादव र ४६ वर्षीया सासु शान्ति देवी यादवले कुटपिट गरी हत्या गरेको पीडित पक्षको आरोप छ ।
अलका यादव कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । घटना सङ्कास्पद देखिएकाले मृतकका ससुरालाई अनुसन्धानका लागि जेठ २१ गते गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले बताउनुभयो । घटनाका आरोपित पति अनकेस यादव र सासु आमा शान्ति देवी यादव फरार भएकाले खोजी थालिएको डिएसपी कार्कीको भनाइ छ ।
अलका यादवको माइती पक्षले शङ्कास्पद मृत्यु भएकाले पति, ससुरा र सासुविरुद्ध जेठ २१ गते जिल्ला प्रहरी कार्यालय, गौरमा उजुरी दिएको छ ।
शवको पोष्टमार्टम प्रादेशिक अस्पताल, गौरमा जेठ २१ गते गरिएको छ । पीडित पक्षले सोही दिन शव बुझि सदगद गरेको छ ।