१६ वर्षीया बालिकालाई यौन दुरुपयोग गरेको तथा २९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रत्ननगर नगरपालिका–९ का५६ वर्षीय बसन्त ढुङ्गानालाई इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले ०८२ जेठ १५ गते गिरफ्तार गरेको चितवन प्रहरी प्रवत्ता डिएसपी रविन्द्र खनालले बताउनुभयो ।
पीडित बालिकालाई विदेश गएपछि मानसिक सन्तुलन ठीक नहुने र त्यसका लागि वीर मसान लागेको भन्दै झाँक्री काम गर्ने ढुङ्गानाले बालिकालाई नग्न बनाई यौन दुव्र्यवहार गरेको भन्दै पीडितले जेठ १५ गते इलाका प्रहरी कार्यालय टाँडीमा दिएको उजुरी दिएको डिएसपीखनालले बताउनु भयो ।
साथै पीडित महिला झारफूकको लागि ढुङ्गानासँग जाँदा उनले कोठाभित्र लगि निर्वस्त्र बनाइ बलात्कार प्रयास गरेको भनी पीडितले जेठ १५ गते जिल्ला प्रहरी कार्यालय चितवनमा जेठ १५ गते उजुरी दिनुभएको थियो ।