INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

पौवादुङमा गाउँपालिका-१ हिलेभञ्ज्याङका ६३ वर्षीय दानुरी शेर्पाको हत्या गरेको आरोपमा ३७ वर्षीय छोरा निमा शेर्पालाई जेठ १६ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादका क्रममा आरोपितले ०८२ जेठ १५ गते कुटपिट गरी बाबुको हत्या गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी युवराज तिम्सिनाले बताउनु भयो ।

शवको पोष्टमार्टम जिल्ला अस्पताल भोजपुरमा जेठ १६ गते गरिएको छ । सोही दिन पीडित पक्षले शव बुझी पौवादुङमा गाउँपालिका-१ हिलेभञ्ज्याङमा सद्गत गरेको छ ।

अन्य

भिडियो